हाम्रो बारेमा

नेपाली कम्युनिस्ट पार्टी

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० दल र समूह मिलेर गत १९ कार्तिक २०८२ का दिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको हो । अहिले १८ भन्दा बढि दल र समुहहरु समाहित भईसकेका छन । नेपाली श्रमजीवी जनताको राजनीतिक प्रतिनिधि र अगुवा संस्थाका रुपमा स्थापित नेकपा पार्टी नेपाल र नेपाली जनताको पूर्ण मुक्ति, स्वतन्त्रता र समानता प्राप्तिको आन्दोलनमा अनवरत संघर्षरत छ।

नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा भएको जनयुद्ध र १२ बुँदे समझदारीका आधारमा ०६२/०६३ सालमा भएको ऐतिहासिक जनआन्दोलनका बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्ने जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ । परिवर्तनको रक्षा गर्दै संविधानमा उल्लिखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी पनि नेकपा कै हो।

नेकपाका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी र सरकारमार्फत देशको राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षा लाई ठोस रूपमा सम्बोधन गर्ने पहल भइरहेको छ।

नेकपाको विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्यक्रम, निर्णय, गतिविधिसहितका सामग्रीहरू सार्वजनिक गर्न पार्टीको आधिकारिक वेबसाइट www.cpn.org.np सञ्चालन गरिएको छ । यस वेबसाइटमार्फत पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक हुनेछन्।

Back to top button